तरुण खबर
२३ आश्विन २०८२, बिहीबार ०७:५२
काठमाडाैं, २३ असाेज । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा गठित पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा ल्याउन जोडदार माग गरेको छ।
धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित उक्त कार्यदलले आफ्नो प्रतिवेदन बुझाएसँगै अर्थमन्त्री खनालले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगायत सम्बद्ध निकायलाई निर्देशन दिएका थिए। अर्थ मन्त्रालयको सो निर्देशन लगत्तै एसबानले पनि सुधारका व्यवस्थाहरू तत्काल कार्यान्वयनमा लैजान माग गरेको हो।
‘कोसेढुंगा’ सावित हुने विश्वास
एसबानका अध्यक्ष सागर ढकालले अर्थमन्त्री खनालले पुँजी बजारको दिगो विकास र सुधारका लागि देखाएको अग्रसरताले नेपालको पुँजी बजार सुधारमा ‘कोसेढुंगा’ सावित हुने विश्वास व्यक्त गरेका छन्।
अध्यक्ष ढकालका अनुसार कार्यदलले दिएका सुझावहरू एकदमै स्वागतयोग्य छन्। ती सुझावमा मुख्यतया:
कार्यान्वयनमा ढिलाइ नगर्न आग्रह
अध्यक्ष ढकालले विगतमा पनि विभिन्न क्षेत्रका लागि कार्यदल बनेर सुझाव पेश भए पनि कार्यान्वयनमा आउन कठिनाई भएको दृष्टान्त दिँदै यसपटक पुँजी बजार सुधारका लागि आएका सुझावलाई तीव्र गतिमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
उनले अर्थमन्त्रीलाई अग्रसरता देखाएकोमा धन्यवाद दिँदै भने, “अब त्यसैगरी द्रुत गतिका कार्यान्वयनमा लैजाने हो भने नेपालको पुँजी बजारको भविष्य एकदमै उज्ज्वल हुनेछ।” एसबानले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्से लगायत सरोकारवाला निकायलाई प्रतिवेदनको सुझाव कार्यान्वयनमा लैजानका लागि थप दबाब दिएको छ।


