तरुण खबर
२६ आश्विन २०८२, आईतवार १०:४१
काठमाडाैं, २६ असाेज । ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। बैंकको असोज २५ गते (शनिबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसमेत) दिने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।


