तरुण खबर
२६ आश्विन २०८२, आईतवार १०:५५
काठमाडाैं, २६ असाेज । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा जीवन कुमार कटुवाल नियुक्त भएका छन्। उनलाई कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालक पदमा नियुक्त गरिएको हो।
नवनियुक्त सञ्चालक कटुवालले असोज २४ गते (शुक्रबार) बैंकको सञ्चालक समितिका अध्यक्षसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
उनले यसअघि सञ्चालक समितिमा कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै आएका ध्रुव भट्टराईलाई प्रतिस्थापन गरेका हुन्।


