आज एकैदिन सुनको मूल्य रु. ३००० ले बढ्यो, कायम भयो नयाँ उच्च बिन्दु

आज एकैदिन सुनको मूल्य रु. ३००० ले बढ्यो, कायम भयो नयाँ उच्च बिन्दु तरुण खबर २६ आश्विन २०८२, आईतवार १०:५९
आज एकैदिन सुनको मूल्य रु. ३००० ले बढ्यो, कायम भयो नयाँ उच्च बिन्दु

काठमाडाैं, २६ असाेज । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा ठूलो उछाल आएको छ। आज एकैदिन सुनको मूल्य प्रतितोला रु. ३,००० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. २ लाख ३८ हजार निर्धारण भएको छ। यो मूल्य इतिहासकै उच्च बिन्दु हो।

सुनको भाउमा ठूलो वृद्धि

लगातार बढ्दै गएर उच्च बिन्दु कायम गरिरहेको सुनको मूल्य गत शुक्रबार सामान्य घटेको थियो, तर आज फेरि ठूलो अंकले वृद्धि भएको छ।

  • आज (आइतबार) को मूल्य: रु. २ लाख ३८ हजार प्रति तोला
  • शुक्रबारको मूल्य: रु. २ लाख ३५ हजार प्रति तोला

चाँदीको मूल्य पनि बढ्यो

सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ।

  • आज (आइतबार) को मूल्य: रु. ३ हजार १ सय २५ प्रति तोला
  • शुक्रबारको मूल्य: रु. ३ हजार ८५ प्रति तोला