तरुण खबर
२६ आश्विन २०८२, आईतवार ११:०३
काठमाडाैं, २६ असाेज । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज (आइतबार) थप रकम खिच्ने भएको छ। केन्द्रीय बैंकले आज रु. ५० अर्ब बराबरको रकम बजारबाट तान्न लागेको हो।
राष्ट्र बैंकले असोज २६ गते (आजै) मध्यान्ह ३ बजे बोलकबोल (Auction) मार्फत उक्त रकम ७ दिनका लागि निक्षेप संकलन (Deposit Collection) गर्न लागेको छ।
बोलकबोलको प्रक्रिया
निक्षेप संकलनका लागि गरिने यस बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले घटीमा रु. १० करोड र बढीमा रु. ५ करोडले नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन्।
संकलित रकमको सावाँ तथा ब्याज भुक्तानी आगामी कात्तिक २ गते तोकिएको छ। यसको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ।



