तरुण खबर
२८ आश्विन २०८२, मंगलवार ११:३४
काठमाडाैं, २८ असाेज । स्थानीय बजारमा सुनको मूल्यले आज हालसम्मकै सबैभन्दा उच्च रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्यमा एकै दिन ८ हजार १०० रुपैयाँको भारी वृद्धि भएको छ।
महासंघले तोकेको आजको भाउअनुसार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीले पनि बनायो नयाँ रेकर्ड
सुनसँगै चाँदीको मूल्यमा पनि नयाँ कीर्तिमान कायम भएको छ।
सोमबार चाँदी प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।


