यो उत्पादन गत वर्षको तुलनामा उल्लेख्य वृद्धि हो । गत वर्ष ९१ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको ७ हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएको थियो ।
उत्पादनको वर्गीकरण र आम्दानी
कृषि ज्ञान केन्द्र मुस्ताङले दिएको तथ्याङ्कअनुसार:
- ८० प्रतिशत स्याउ जिल्लाबाहिर निकासी भइसकेको छ । यसबाट जिल्लाले ८६ करोड १८ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ ।
- १० प्रतिशत स्याउ जिल्लामै खपत भएको छ, जसको मूल्य ११ करोड २ लाख ३० हजार रुपैयाँ छ ।
- १० प्रतिशत अर्थात् ७६३ मेट्रिकटन स्याउ भने अझै हार्भेस्ट गर्न बाँकी रहेको केन्द्र प्रमुख राजेश गुरुङले बताएका छन् ।
उत्पादकत्वमा फरक
मुस्ताङमा कूल ८३२ हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ र ६० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादन हुँदै आएको छ ।
यस वर्ष हाइब्रिड स्याउको प्रतिहेक्टर उत्पादकत्व २६.१२ मेट्रिकटन रहेको छ, जुन स्थानीय स्याउको तुलनामा निकै बढी हो । स्थानीय स्याउको उत्पादकत्व यस वर्ष १०.४१ मेट्रिकटन प्रतिहेक्टर रहेको छ । गत वर्ष १०.७४ मेट्रिकटन प्रतिहेक्टर रहेकोमा यस वर्ष शून्य दशलव ३३ मेट्रिकटनले उत्पादकत्व घटेको केन्द्रले जनाएको छ ।