तरुण खबर
२९ आश्विन २०८२, बुधबार ११:४३
काठमाडाैं, २९ असाेज । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकमा भाग लिन अमेरिकाको वासिङ्टन डीसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मंगलबार विभिन्न महत्त्वपूर्ण भेटघाट र छलफलहरूमा सक्रियता देखाएका छन् ।
अमेरिकी उप-व्यापार प्रतिनिधिसँग छलफल
साउदी विकास कोषका सीईओसँग सहकार्यको कुरा
विकास साझेदारसँग पनि परामर्श
त्यसअघि, अर्थमन्त्री खनालले नेपालको विकासमा साझेदार रहँदै आएका विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरूसँग पनि छुट्टाछुट्टै छलफल गरेका थिए ।
यी सबै भेटघाटहरूमा नेपालका लागि अमेरिकी राजदूत लोक दर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरू, मन्त्री खनालको प्रतिनिधिमण्डलका सदस्यहरू र मुद्रा कोषका अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो ।


