यातायात विभागले छठ लगत्तै लाइसेन्स सेवा सुरु गर्ने, कार्ड पाउन भने ३ महिना लाग्ने

यातायात विभागले छठ लगत्तै लाइसेन्स सेवा सुरु गर्ने, कार्ड पाउन भने ३ महिना लाग्ने तरुण खबर ३० आश्विन २०८२, बिहीबार १३:४२
यातायात विभागले छठ लगत्तै लाइसेन्स सेवा सुरु गर्ने, कार्ड पाउन भने ३ महिना लाग्ने

काठमाडाैं, ३० असाेज । ‘जेनजी आन्दोलन’का क्रममा भएको आगजनीबाट नराम्ररी प्रभावित बनेको यातायात व्यवस्था विभाग अब बिस्तारै पुरानै लयमा फर्किने प्रयासमा छ। विभागले छठ पर्व सकिएलगत्तै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवाहरू पुनः सञ्चालन गर्ने तयारी गरेको छ।

विभागको तयारी अनुसार, छठपछि लाइसेन्स नवीकरण र नयाँ आवेदनका लागि प्रक्रिया खुला गरिनेछ। हाल पुरानो पार्किङ स्थलबाट सीमित सेवा मात्र दिइरहेको विभागले अब यी महत्त्वपूर्ण सेवाहरूलाई पनि विस्तार गर्नेछ।

नयाँ कार्ड छपाइमा ढिलाइ

यद्यपि, नयाँ लाइसेन्सका लागि आवेदन खुले पनि लाइसेन्स कार्ड तत्कालै वितरण भने नहुने विभागले स्पष्ट पारेको छ। विभागका अनुसार, प्रिन्टर र कार्ड खरिद प्रक्रियाहरू अझै बाँकी रहेकाले नयाँ लाइसेन्स कार्ड वितरणमा कम्तीमा तीन महिनासम्मको समय लाग्नसक्छ।

भवन मर्मतमा व्यवसायीको साथ

आगजनीबाट क्षतिग्रस्त भएको भवनको मर्मत सम्भारका लागि भने विभागलाई व्यवसायीहरूले सहयोग गर्ने भएका छन्। नेपाल ट्रक व्यवसायी महासंघ र सिप्रदी ट्रेडिङले विभागको भवन मर्मतका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।