तरुण खबर
३० आश्विन २०८२, बिहीबार १३:४८
काठमाडाैं, ३० असाेज । गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’का कारण भएको क्षतिको दावी भुक्तानी निर्जीवन बीमा कम्पनीहरूले तीव्र पार्दै लगेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार, आन्दोलनको क्षति बापत बीमा कम्पनीहरूले हालसम्म झन्डै २ अर्ब रुपैयाँ दावी भुक्तानी गरिसकेका छन्।
प्राधिकरणका अनुसार, असोज २८ गते मंगलबारसम्म बीमा कम्पनीहरूमा कुल २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरको क्षति दावी पेश भएको छ। यसमध्ये कम्पनीहरूले अग्रिम भुक्तानीसहित १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेका छन्।
कुन बीमामा कति दावी र भुक्तानी?
जेनजी आन्दोलनमा निजी तथा सार्वजनिक सम्पत्तिमा व्यापक तोडफोड तथा आगजनी भएको थियो, जसको क्षतिपूर्ति विभिन्न बीमा योजनामार्फत माग गरिएको छ:
| बीमाको प्रकार | दावी रकम (रुपैयाँ) | दावी संख्या | भुक्तानी रकम (रुपैयाँ) |
| सम्पत्ति बीमा | १९ अर्ब ७१ करोड | ६७३ | १ अर्ब ५५ करोड १७ लाख |
| मोटर बीमा | ३ अर्ब ४४ करोड ९५ लाख | २,२५६ | ३६ करोड २५ लाख |
| इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा | ३३ करोड १८ लाख | – | ३ करोड ८१ लाख |
| परिवहन बीमा | १ करोड ६३ लाख | – | – |
| अन्य बीमा | ३८ करोड ८६ लाख | – | – |
कुन कम्पनीले कति भुक्तानी गरे?
आन्दोलनको क्षति उपर सबैभन्दा बढी दावी भुक्तानी गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स देखिएको छ।
दावी रकम र भुक्तानी दिने सिलसिला बढ्दो क्रममा रहेको बीमा प्राधिकरणले जनाएको छ।



