अमेरिकामा संक्रमित र मृतकको संख्या फेरी बढ्न थाल्यो

अमेरिकामा संक्रमित र मृतकको संख्या फेरी बढ्न थाल्यो तरुण खबर १८ असार २०७८, शुक्रबार ०९:४३
अमेरिकामा संक्रमित र मृतकको संख्या फेरी बढ्न थाल्यो

,
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (१, जुलाई) मा ४ लाख ४५ हजार ४८४ जनाको नमुना परीक्षण गर्दा १६ हजार ९४९ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । ३०, जुनमा ७ लाख ७७ हजार ४७३ जनाको नमुना परीक्षण गर्दा १७ हजार ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (१, जुलाई) मा कोरोना भाइरसको संक्रमणबाट ३१५ जनाको मृत्यु भएको छ । ३०, जुनमा कोरोनाभाइरसको संक्रमणबाट २८६ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा असार १८ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४५ लाख ६१ हजार ४०३ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये शुक्रबार बिहान ७.३० बजेसम्ममा २ करोड ९० लाख ५२ हजार ८७ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असार १८ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४८ लाख ८८ हजार ६७१ जना छन् ।

नेपाली समय अनुसार असार १८ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५० करोड ६६ लाख ४ हजार ६१२ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १७ करोड ५१ लाख ५५ हजार ३३१ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १७ करोड ५१ लाख ५५ हजार ३३१ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असार १८ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २० हजार ६४५ जनाको मृत्यु भैसकेको छ ।

असार १८ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८ करोड ३३ लाख ९९ हजार ३३९ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ लाख ७१ हजार ११९ जना छन् ।