तरुण खबर
२ कार्तिक २०८२, आईतवार ११:४७
काठमाडाैं, २ कार्तिक । ‘जेन जी’ आन्दोलन र प्राकृतिक विपत्तिको त्रासले भ्रमणमा कमी आउने अनुमान गरिए पनि मुस्ताङमा पर्यटकको आगमन उत्साहजनक देखिएको छ। विदेशी पर्यटकले यात्रा रद्द गरे पनि आन्तरिक पर्यटकको वृद्धिले मुस्ताङको पर्यटन व्यवसायलाई राहत मिलेको स्थानीय व्यवसायीहरूले बताएका छन्।
६ महिनामा ३ लाखभन्दा बढी पर्यटक:
जिल्ला प्रहरी कार्यालय, मुस्ताङका अनुसार यो वर्षको पहिलो छ महिनामा कुल ३ लाख ३४ हजारभन्दा बढी पर्यटक मुस्ताङ भित्रिएका छन्।
आगमनको प्रवृत्ति:
यद्यपि, गत वर्ष भित्रिएका ३ लाख ५७ हजार २३८ पर्यटकको तुलनामा यो वर्षको कुल आगमन सङ्ख्यामा सामान्य कमी आएको छ।
पर्यटन बढ्नुका कारण:
सुरक्षा चिन्ताका कारण केही विदेशी पर्यटकले आफ्नो भ्रमण रद्द गरे पनि स्वदेशी पर्यटकले त्यो अभावलाई पूर्ति गरिदिएका छन्।


