ओली माधवसँग सम्झौता नगर्ने, बरु प्रचण्डलाई लिन सक्ने

ओली माधवसँग सम्झौता नगर्ने, बरु प्रचण्डलाई लिन सक्ने तरुण खबर २० असार २०७८, आईतवार १२:००
ओली माधवसँग सम्झौता नगर्ने, बरु प्रचण्डलाई लिन सक्ने

काँग्रेस सभापति देउवाबाट एमाले अध्यक्ष ओली त्रसित

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली अलग हुने निश्चित भएको छ । अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता लिन शुक्रबार निर्देशन दिएकोमा नेपालले आप्mनो समूहले हस्ताक्षर फिर्ता नलिने बरु राजनीतिक र संगठनात्मक कोर्स करेक्सन गर्न पहिलेकै वार्ता टोलीलाई सक्रिय बनाउनु पर्ने प्रस्ताव प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीसँग राखेका छन् ।

नेपालले पार्टीको एकता टुंग्याउन २ जेठ २०७८ मा गठित कार्यदल सक्रिय बनाउँनु पर्ने माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीसँग प्रश्ताव राखेका थिए । २ जेठमा दुबै पक्षका ५-५ नेता रहेको कार्यदल गठन भएको थियो । तर कार्यदलले काम थाल्दा नथाल्दै प्रतिनिधिसभा भंगको प्रक्रिया सुरु भएपछि एकता वार्ता विथोलियो भने माधवकुमार नेपाल समूह विपक्षी गठबन्धनतिर लाग्यो भने एमाले अध्यक्ष ओलीले १२ जेठमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, कार्यदलमा नेपाल पक्षका संयोजक भीम रावलसहित ११ नेतालाई पार्टीबाटै निष्कासन गरेका थिए ।

त्यसअघि दुई नेताबीच टेलिफोन वार्ता भएको थियो । त्यस क्रममा नेता नेपालले आवश्यक सल्लाह र परामर्शबिना राखिएको बैठक रोक्न सुझाव दिएका थिए । प्रतिनिधिसभा विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ निवर्तमान सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए, जसमा माधव नेपाल समूहका २३ जनाले पनि हस्ताक्षर गरेका छन् ।

आज आइतबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता नभए पार्टी फुटेको घोषणा मानिने ओलीले चेतावनी दिएका छन् । शनिबार नेता नेपालसँग भएको टेलिफोन सम्वादका क्रममा पनि उनले हस्ताक्षर फिर्ता लिन जोड दिएका छन् । हस्ताक्षर फिर्ता लिन निर्देशन दिनुको अर्थ संबैधानिक अदालतमा विचाराधिन मुद्दा कमजोर बनाउनु हो ।

एमाले अध्यक्ष ओलीको मनसाय नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई भन्दा पुष्पकमल दाहालसँग मिलेर नेकपाको मिलन गराएर दाहाललाई नै प्रधानमन्त्री बनाउन तयार रहेको संकेत गरेका छन् । त्यो हदसम्म पुगेका ओलीले देउवासँग भन्दा पुष्पकमल दाहाल प्रचण्ड उनको रोजाईमा परेका छन् । अन्तिम अबस्था आयो भन्ने महशुस गर्न सके भने एमाले र माओवादी केन्द्रलाई फेरी एक बनाएर पुष्पकमल दाहाल प्रचण्डलाई अगाडी बढाउँन सक्ने सम्भा पनि छ ।