निर्वाचन परामर्शका लागि बालुवाटारमा ७ दलको बैठक, प्रधानमन्त्रीको पहल

निर्वाचन परामर्शका लागि बालुवाटारमा ७ दलको बैठक, प्रधानमन्त्रीको पहल तरुण खबर ४ कार्तिक २०८२, मंगलवार ११:५५
निर्वाचन परामर्शका लागि बालुवाटारमा ७ दलको बैठक, प्रधानमन्त्रीको पहल

काठमाडाैं, ४ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका नेताहरूलाई बालुवाटारमा बोलाएकी छन्। यो परामर्श बैठक आज दिउँसो ४ बजे बस्नेछ।

प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात वटा राजनीतिक दललाई छलफलका लागि औपचारिक पत्र पठाउँदै प्रत्येक दलबाट दुई–दुई जना प्रतिनिधि पठाउन अनुरोध गरेकी छन्।

आमन्त्रित गरिएका दलहरू:

  1. नेपाली कांग्रेस
  2. नेकपा एमाले
  3. नेकपा माओवादी केन्द्र
  4. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
  5. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
  6. जनता समाजवादी पार्टी (जसपा- उपेन्द्र यादव समूह)
  7. जनमत पार्टी

निर्वाचनको तयारी, व्यवस्थापन तथा आवश्यक कानूनी र राजनीतिक सहमति जुटाउने उद्देश्यले प्रधानमन्त्रीले यो पहल लिएकी हुन्। यो बैठकमा निर्वाचनसम्बन्धी विषयमा दलहरूबीच गहन छलफल हुने अपेक्षा गरिएको छ।