कलाकारसँग गृहमन्त्री अर्यालको भेट: शहीदलाई न्याय र चुनावमा जोड

कलाकारसँग गृहमन्त्री अर्यालको भेट: शहीदलाई न्याय र चुनावमा जोड तरुण खबर ४ कार्तिक २०८२, मंगलवार १३:०१
कलाकारसँग गृहमन्त्री अर्यालको भेट: शहीदलाई न्याय र चुनावमा जोड

काठमाडाैं, ४ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्याल ले देशको समसामयिक परिस्थिति र कामकारबाहीबारे छलफल गर्न कलाकारहरूको एक टोलीसँग भेटवार्ता गरेका छन्। आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा कर्मा, निश्चल बस्नेत, सुरक्षा पन्त, ऋचा शर्मा, दिब्यदेव पन्त लगायतका कलाकारहरू सहभागी थिए।

भेटपछि कलाकार ऋचा शर्मा ले गृहमन्त्री अर्यालले आफूहरूलाई ‘न्युट्रल व्यक्ति’ को रूपमा बोलाएर विभिन्न क्षेत्रको अवस्था र मन्त्रालयको कामबारे बाहिरी दृष्टिकोण बुझ्न चाहेको बताइन्।

शर्माका अनुसार गृहमन्त्रीले सोधेका थिए, ‘बाहिरबाट हेर्दा हामीले गरिरहेका काम तथा कुराहरूमा के महसुस गर्नु भएको छ? कसरी अझै राम्रो गर्न सकिन्छ, के के कुरा पुगिरहेको छैन?’

कलाकारका मुख्य सुझावहरू:

गृहमन्त्रीले सुझाव मागेपछि कलाकारहरूले सरकारलाई केही महत्त्वपूर्ण विषयमा ध्यानाकर्षण गराएका छन्। ऋचा शर्माका अनुसार कलाकारको तर्फबाट दिइएका मुख्य सुझावहरू यस्ता छन्:

  • २१ फागुनमा घोषित चुनाव समयमै सम्पन्न गर्नुपर्ने।
  • जेनजी आन्दोलनका शहीदहरूलाई न्याय दिनुपर्ने।
  • सरकारले गरिरहेको कामको सूचना खुलस्त रूपमा सार्वजनिक गर्नुपर्ने।

गृहमन्त्री अर्यालले आफ्नो कामलाई अझै राम्रो बनाउन र कहाँ सुधार आवश्यक छ भनी बुझ्न विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल गरिरहेको सन्दर्भमा आफूहरू पनि मन्त्रालय पुगेको शर्माले जानकारी दिइन्।