तरुण खबर
५ कार्तिक २०८२, बुधबार १९:३४
काठमाडाैं, ५ कार्तिक । भारत सरकारले नेपालका विभिन्न ४८ जिल्लाका शैक्षिक संस्थाहरूलाई ८१ वटा विद्यालय बसहरू उपहारस्वरुप प्रदान गरेको छ। यो सहयोग नेपालको शिक्षा क्षेत्रलाई सुदृढ गर्ने भारतको निरन्तर प्रयासको एक हिस्सा हो।
कोशीदेखि सुदूरपश्चिमसम्म सहयोग
भारत सरकारको परराष्ट्र मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयबीचको समन्वयमा हस्तान्तरण गरिएका यी बसहरूले नेपालका सातै प्रदेशका शैक्षिक संस्थाहरूलाई समेटेको छ।
बस प्राप्त गर्ने जिल्लाहरूमध्ये:
३० वर्षमा ३८१ बस उपहार
नेपालको शिक्षा क्षेत्रलाई समर्थन गर्ने यो पहल अन्तर्गत, पछिल्लो ३० वर्षको अवधिमा भारतले नेपालका विद्यालयहरूलाई जम्मा ३८१ वटा स्कुल बस उपलब्ध गराइसकेको छ।
यो सहयोगले विद्यालयहरूमा विद्यार्थीहरूको पहुँच सहज बनाउनुका साथै शिक्षाको भौतिक पूर्वाधार विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।


