अमेरिकी राष्ट्रपतिद्वारा संक्रमित र मृत्यु दर घटेकोमा अतिशबाजी गर्न आग्रह

अमेरिकी राष्ट्रपतिद्वारा संक्रमित र मृत्यु दर घटेकोमा अतिशबाजी गर्न आग्रह तरुण खबर २१ असार २०७८, सोमबार ०९:२८
अमेरिकी राष्ट्रपतिद्वारा संक्रमित र मृत्यु दर घटेकोमा अतिशबाजी गर्न आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले व्हाइट हाउसमा उपस्थित भएका व्यक्तिहरुलाई कोरोना भइरसका संक्रमित र मृत्यु दर घटेकोमा अतिशबाजी गर्न आग्रह गरेका छन् । कोरोना महामारीकै बीचमा जो बाइडन अमेरिकाको राष्ट्रपति बनेका थिए । संक्रामक रोग नियन्त्रण केन्द्रका अनुसार ६७ प्रतिशत युवाहरुले कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टा (४, जुलाई) मा १ लाख ४६ हजार १७४ जनाको नमुना परीक्षण गर्दा ४ हजार १६९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ३, जुलाईमा २ लाख ५५ हजार २९१ जनाको नमुना परीक्षण गर्दा ८ हजार ९५ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (४, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ । ३, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ९६ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा असार २१ गते सोमबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४५ लाख ९२ हजार ३७७ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये सोमबार बिहान ७.३० बजेसम्ममा २ करोड ९० लाख ९६ हजार ८१६ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असार २१ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४८ लाख ७४ हजार २६८ जना छन् ।

नेपाली समय अनुसार असार २१ गते सोमबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५० करोड ७७ लाख ४८ हजार ५० जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १७ करोड ६२ लाख ९८ हजार ७६९ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १७ करोड ६२ लाख ९८ हजार ७६९ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असार २१ गते सोमबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २१ हजार २९३ जनाको मृत्यु भैसकेको छ ।

असार २१ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८ करोड ४५ लाख ६२ हजार ५१ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ लाख ९३ हजार ३१९ जना छन् ।