तरुण खबर
९ कार्तिक २०८२, आईतवार १०:५७
काठमाडाैं, ९ कार्तिक । पछिल्ला महिनाहरूमा सुस्त रहेको पोखराको पर्यटन क्षेत्र दशैं-तिहारको लामो बिदा, खुल्ला पदयात्रा मार्ग र अनुकूल मौसमका कारण फेरि चलायमान बनेको छ। स्वदेशी तथा विदेशी पर्यटकहरूको उत्साहजनक आगमनले पोखराका होटल, रेस्टुरेन्ट र साहसिक गतिविधिहरूमा नयाँ ऊर्जा ल्याएको छ।
लेकसाइडमा होटलको ‘अकुपेन्सी’ उच्च:
पदमार्गमा पनि उत्साह:
दिगो पर्यटनमा जोड:
पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले यस क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै वर्षभरि पर्यटन प्रवर्द्धनको लागि दीर्घकालीन योजना आवश्यक रहेकोमा जोड दिएका छन्। उनले पदमार्गहरूको स्तरोन्नति, ट्रेकरहरूको सुरक्षा सुनिश्चितता र नयाँ ट्रेलहरूको प्रवर्द्धनमा सरकारले ध्यान दिनुपर्ने बताए।
नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखराले भविष्यमा अझ धेरै विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। फेवातालमा डुङ्गा सयर, सराङ्कोटबाट सूर्योदय, विश्व शान्ति स्तूपा, डेभिस फल्स, गुप्तेश्वर गुफा र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय जस्ता लोकप्रिय गन्तव्यहरूले पर्यटकहरूलाई लोभ्याउन जारी राखेका छन्।


