तरुण खबर
१२ कार्तिक २०८२, बुधबार ११:२०
काठमाडाैं, १२ कार्तिक । सोलुखुम्बुको लुबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। खराब मौसमका कारण बुधवार बिहान भएको उक्त दुर्घटनामा हेलिकप्टरमा क्षति पुगे पनि पाइलट विवेक खड्का सकुशल रहेका छन्।
प्राप्त प्रारम्भिक विवरणअनुसार, हेलिकप्टर उडान क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको हो। सो समयमा हेलिकप्टरमा अन्य यात्रु नरहेकोले थप मानवीय क्षति हुन पाएन।
घटनास्थलमा उद्धार टोली पुगेको छ भने विस्तृत विवरण आउँदैछ। स्थानीय स्रोतका अनुसार दुर्घटनापछि पाइलटको तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो।
प्राधिकरणले घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।


