तरुण खबर
१२ कार्तिक २०८२, बुधबार ११:४६
काठमाडाैं, १२ कार्तिक । नेपाल वायु सेवा निगमको तर्फबाट सोल्टी होटल लिमिटेडको सञ्चालक समितिमा टंक निधि दाहाल मनोनयन भएका छन्।
होटलको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल वायु सेवा निगमका मार्केटिङ विभागका निर्देशक दाहाललाई संस्थागत सेयरधनीको तर्फबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि, सोल्टी होटलको सञ्चालक समितिमा नेपाल वायु सेवा निगमको प्रतिनिधित्व युवराज अधिकारीले गर्दै आएका थिए। उनको स्थानमा अब दाहालले निगमको प्रतिनिधित्व गर्नेछन्।
मनोनयन विवरण:
दाहाल नेपाल वायु सेवा निगममा मार्केटिङ विभागको निर्देशकको जिम्मेवारीमा कार्यरत छन्।


