संसद विघटन मुद्दा: प्रधानन्यायाधीश राउतको नेतृत्वमा संवैधानिक इजलास गठन

संसद विघटन मुद्दा: प्रधानन्यायाधीश राउतको नेतृत्वमा संवैधानिक इजलास गठन तरुण खबर १२ कार्तिक २०८२, बुधबार ११:५२
संसद विघटन मुद्दा: प्रधानन्यायाधीश राउतको नेतृत्वमा संवैधानिक इजलास गठन

काठमाडाैं, १२ कार्तिक । प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनहरूमाथि सुनुवाइ गर्नका लागि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको हो।

इजलासमा रहेका न्यायाधीशहरू:

  • प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत (अध्यक्ष)
  • न्यायाधीश सपना प्रधान मल्ल
  • न्यायाधीश कुमार रेग्मी
  • न्यायाधीश हरिप्रसाद फुयाल
  • न्यायाधीश मनोजकुमार शर्मा

पृष्ठभूमि:

  • जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।
  • त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।
  • सोही अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए।
  • उक्त कदम संविधानविपरीत भएको दाबीसहित विभिन्न अधिवक्ताहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यी रिटहरूमाथि आज (बुधबार) देखि संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनेछ।