 तरुण संवाददाता
                                      
    
           
               
         
            
            १४ कार्तिक २०८२, बिहीबार १३:०३
 
            तरुण संवाददाता
                                      
    
           
               
         
            
            १४ कार्तिक २०८२, बिहीबार १३:०३
       
       
 
                काठमाडौं । बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ तुलसीपुर उच्च अदालत बुटवल इजलासमा हुँदैछ ।
न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा सुनुवाइ हुने मुद्दा यसअघि एउटै प्रकृतिको ठहर गर्दै दुवैको फाइल एकसाथ राख्न आदेश गरिएको थियो।
लामिछाने र जोशी दुबैजनाले आफ्नो भागको बिगो रकम बराबर बैंक जमानत पेस गरी थुनामुक्त हुन माग गरेका छन्। तर, उनीहरूको भागमा कति बिगो कायम हुने स्पष्ट नभएकाले अदालतले यसअघि रिहा नगर्ने आदेश दिएको थियो। जिल्ला अदालत रूपन्देहीले निवेदन खारेज गरेपछि रवि उच्च अदालत पुगेका हुन्।
बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछाले दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।
लामिछाने हाल ललितपुरको नख्खु कारागारमा र जोशी भैरहवा कारागारमा रहेका छन्। रास्वपाले रविको मुद्दा चाँडो टुंग्याइदिन भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार मात्रै रवि लामिछानेले कारागारबाटै आफ्नो मुद्दाबारे सरकारको चासो के हो भनेर प्रश्न गरेका थिए ।


