 तरुण संवाददाता
                                      
    
           
               
         
            
            १४ कार्तिक २०८२, बिहीबार १६:५५
 
            तरुण संवाददाता
                                      
    
           
               
         
            
            १४ कार्तिक २०८२, बिहीबार १६:५५
       
       
 
                काठमाडौं । रेशम चौधरीले नयाँ पार्टी खोलेका छन् । उनले निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता गरेका छन् ।
बिहीबार बहादुर भवन पुगेर उनले नयाँ दल दर्ता गरेका हुन् । केही समयअघि उनले श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको संरक्षक छाडेका थिए । श्रीमतीसँग कुरा नमिलेपछि रेशम नाउपाबाट अलग भएका हुन् । रेशमले बुबालाई अध्यक्ष बनाउने बताएका थिए । तर अहिले अरुलाई नै नेतृत्वमा राखेका छन् ।
फौजदारी अभियोग लागेका रेशम आफैं पार्टी अध्यक्ष बन्न भने पाउँदैनन् । अघिल्लो निर्वाचनमा उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले चार सिट जितेको थियो ।
२०७४ को निर्वाचनमा रेशमले तत्कालीन राजपाबाट चुनाव जितेका थिए । कैलाली हत्याकाण्डका मुख्य आरोप लगाई प्रहरीले मुद्दा दर्ता गरेपछि उनी फरार थिए । फरार अवस्थामै उनले चुनाव जिते । तर एक दिन पनि प्रतिनिधिसभा बैठकमा बस्न पाएनन् ।
नयाँ पार्टीको अध्यक्षमा कबीर सोप छन् । रेशमको पार्टीमा जनमत पार्टी छाडेका अब्दुल खानसमेत छन् । अब्दुल खान आफैं नयाँ दल खोल्न लागेका थिए । तर अहिले उनी रेशमसँगै एउटै पार्टीमा जोडिएका छन् । खान पूर्वमन्त्रीसमेत हुन् ।


