तरुण खबर
२४ असार २०७८, बिहीबार ०९:३०
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सोमवार आन्तरिक उडान ’खुला गर्ने’ र अन्तर्राष्ट्रिय उडानको संख्या ’बढाउने’ निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले बताएका छन् । कोरोनाभाइरस महामारीको दोस्रो लहरबीच नेपालमा हाल सीमित मात्रामा मात्रै आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुँदै आएको थियो ।
यता, नेपाल वायु सेवा निगमका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । निजिकरण विरुद्धको आन्दोलनमा तालाबन्दी सहित सडक आन्दोलनमा आएका कर्मचारीको भनाई छ– टाट पल्टिसकेको हिमालयन र यति एयर लाइन्सलाई बुझाउँन खोजियो । नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरूले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् ।
नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले पत्रकार सम्मेलन गर्दै निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका हुन् । त्यस्तै ट्रेड युनियनले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको राजीनामा समेत माग गरेको छन् । सरकारको स्वामित्वमा रहेको निगमलाई कौडीको भाउमा बेचेर निजीकरण गर्नका लागि कम्पनीको प्रबन्धपत्र र नियमावलीको मस्यौदा समेत तयार पारिसक्दा पनि महाप्रबन्धक पौडेलले सरोकारवालाहरूसँग छलफल नगरेको ट्रेड युनियनले आरोप लगाएको छ ।
निगममा रहेको तीनवटै ट्रेड युनियनहरूले शान्तिपूर्ण आन्दोलन गर्दा पनि कर्मचारीहरूमाथि बर्बरतापूर्ण ढंगले लाठी चार्ज गरी कर्मचारीलाई घाइते बनाएको प्रति पनि संयुक्त ट्रेड युनियनले भत्सर्ना गरेको नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले जानकारी दिएको छ ।
कोरोनाभाइरसका बन्द गरिएको एयरलाइन्स खुला गर्ने निर्णयबारे मन्त्रिपरिषद्को प्रवक्ताले परिपक्व भएपछि जानकारी गराउनु हुनेछ मन्त्री श्रेष्ठले जानकारी दिए । आन्तरिक उडानका हकमा सामान्य अवस्थामा उडान संख्या फर्काउने निर्णय गरिएको भए पनि अन्तर्राष्ट्रिय उडान संख्या भने क्रमिक रूपमा बढाइने उनले जानकारी दिए । ’यसअघि (यसअघिका निषेधाज्ञापछि) जति मात्रामा खुल्यो त्यही मात्रामा खोल्ने भन्ने छ– अन्तर्राष्ट्रिय उडानबारे मन्त्री श्रेष्ठले भनेका थिए । ह्वात्तै १०० प्रतिशत नै खोल्दा फेरि बढ्न (कोरोनाभाइरस सङ्क्रमण) थालेको छ । कोभिड–१९ महामारीको दोस्रो लहरका कारण बन्द गरिएका आन्तरिक हवाई उडानहरू जुलाई १ देखि खुला गरिएको थियो ।
नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नका लागि तयारी अवस्थामा रहेको जानकारी दिए । हामी विमानस्थल सञ्चालनका लागि पूर्ण रूपमा तयारी अवस्थामा छौँ । मन्त्रालयले परिपत्र गरेपछि हामी सबै वायुसेवालाई तालिकाका लागि आवेदन दिन भन्ने छौँ प्रवक्ता क्षेत्रीले जानकारी दिए । त्यसपछि विमानस्थलमा एकै पटक धेरै भिड नहुने व्यवस्था मिलाएर आफूहरूले तालिका तय गर्ने र त्यसै अनुसार उडान अनुमति दिइने उनले जानकारी दिए ।


