तरुण खबर
१८ कार्तिक २०८२, मंगलवार १०:५२
काठमाडाैं, १८ कार्तिक । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ वाई सिरिजअन्तर्गतको शक्तिशाली मोडल भिभो वाई ४०० (Vivo Y400) लाई नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। शैली, मनोरञ्जन र उत्कृष्ट टिकाउपन चाहने प्रयोगकर्ताका लागि तयार पारिएको यो फोनले फ्ल्यागशिप स्तरको अनुभवलाई सुलभ मूल्यमा उपलब्ध गराउने कम्पनीले बताएको छ।
मुख्य विशेषता र आकर्षणहरू:
| विशेषता | विवरण |
| मूल्य | रु. ३६,९९९/- |
| डिस्प्ले | ६.६७–इन्च १२० हर्ज एएमोलेड डिस्प्ले (SGS आई प्रोटेक्सन प्रमाणित) |
| डिजाइन | ७.९ एमएम मेटालिक फ्रेम, अत्यन्तै पातलो बेजल, पर्ल व्हाइट र डायनामिक ग्रीन रङमा उपलब्ध |
| टिकाउपन | IP68/69 डस्ट एन्ड वाटर रेसिस्ट्यान्ट (२ मिटर पानीमा ३० मिनेटसम्म सुरक्षित), वेट-ह्यान्ड टच अल्गोरिदम |
| ब्याट्री | ६००० एमएएच ब्लू–भोल्ट ब्याट्री (६१ घण्टासम्म संगीत) |
| चार्जिङ | ४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजी (१% बाट ५०% चार्ज हुन मात्र ३० मिनेट), स्मार्ट चार्जिङ इन्जिन २.० |
| प्रोसेसर | स्न्यापड्रैगन ६८५ (६एनएम) |
| क्यामेरा | ५० एमपी सोनी IMX852 मुख्य क्यामेरा, ८ एमपी फ्रन्ट क्यामेरा |
| स्टोरेज | २५६ GB स्टोरेज र ८ GB एक्सटेन्डेड ¥याम |
थप उन्नत फिचरहरू:
भिभो वाई ४०० अहिले नै भिभो अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्लेटफर्ममा खरिदका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।


