अमेरिकी ‘सटडाउन’को हवाई यात्रामा गम्भीर असर: एकैदिन १४०० भन्दा बढी उडान रद्द

अमेरिकी ‘सटडाउन’को हवाई यात्रामा गम्भीर असर: एकैदिन १४०० भन्दा बढी उडान रद्द तरुण खबर २३ कार्तिक २०८२, आईतवार ०९:५४
अमेरिकी ‘सटडाउन’को हवाई यात्रामा गम्भीर असर: एकैदिन १४०० भन्दा बढी उडान रद्द

काठमाडाैं, २३ कार्तिक । अमेरिकी संघीय सरकारको ‘सटडाउन’ (सरकारी कामकाज बन्द) लम्बिएसँगै हवाई यात्रामा गम्भीर असर पर्न थालेको छ । शनिबार मात्रै अमेरिकामा १,४०० भन्दा बढी उडानहरू रद्द भएका छन् भने ६०० हजार विमानहरू ढिलाइ भएका छन्।

सटडाउनको ३९औँ दिन:

  • अक्टोबर १ गतेदेखि सुरु भएको यो सरकारी बन्द आज (शनिबार) इतिहासकै सबैभन्दा लामो, ३९औँ दिनमा प्रवेश गरेको छ।
  • रिपब्लिकन र डेमोक्र्याट पार्टीबीच कांग्रेसमा वित्तीय सहमति नहुँदा सरकारी काम पुनः सुचारु हुन सकेको छैन। सांसदहरू यस सप्ताहन्तमा वाशिङ्टनमा द्विदलीय वार्तामा जुटेका छन्।

हवाई यातायातमा किन आयो समस्या?

  • सटडाउनका कारण हवाई यातायात नियन्त्रकहरू (Air Traffic Controllers) ले तलब नपाई काम गर्न बाध्य छन् । यसले उनीहरूमा थकान बढ्दो छ र धेरै कर्मचारी बिरामी बिदामा बस्ने वा खर्च धान्न दोस्रो जागिर खोज्न बाध्य भएका छन्।
  • कर्मचारी अभावलाई ध्यानमा राख्दै, संघीय विमानन प्रशासन (FAA) ले यसै हप्ताको सुरुमा देशका सबैभन्दा व्यस्त ४० वटा विमानस्थलहरूमा हवाई यातायात क्षमता १० प्रतिशतसम्म कटौती गर्ने घोषणा गरेको थियो।
  • अमेरिकन एयरलाइन्सले वाशिङ्टन डीसीका नेताहरूलाई तुरुन्तै समाधानमा पुगेर सरकार बन्द अन्त्य गर्न आग्रह गरेको छ।

ढिलाइको अवस्था:

  • संघीय विमानन प्रशासनका अनुसार विमानस्थलमा आउने उडानहरू औसतमा चार घण्टाभन्दा बढी ढिलो र प्रस्थान गर्ने उडानहरू औसतमा डेढ घण्टा ढिलो भइरहेका छन् ।
  • यो प्रभाव व्यावसायिक (कमर्शियल) उडानहरूमा मात्र नभई निजी जेटहरूमाथि पनि प्रतिबन्ध लगाइएको छ।

आगामी जोखिम:

  • सरकार बन्दको समस्या तत्काल समाधान नभए आगामी दिनमा अवस्था अझ खराब हुने अनुमान गरिएको छ।
  • विमानस्थल प्रशासनले हवाई यातायात नियन्त्रकहरूमा अत्यधिक कामको बोझलाई मध्यनजर गर्दै उडान कटौतीको प्रतिशत अझ बढाउँदै लैजाने जनाएको छ।