एनपीएल २०२५ मा पनि एनसेलको साथ, ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ थीम

एनपीएल २०२५ मा पनि एनसेलको साथ, ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ थीम तरुण खबर २३ कार्तिक २०८२, आईतवार ०९:५९
एनपीएल २०२५ मा पनि एनसेलको साथ, ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ थीम

काठमाडाैं, २३ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात् एनपीएलको दोस्रो संस्करणको चर्चा चल्दै गर्दा एनसेलले यो वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो ‘पावर्ड बाई’ साझेदारीलाई निरन्तरता दिने घोषणा गरेको छ।

नेपाली क्रिकेटसँगको यो सहकार्यले स्थानीय क्रिकेटको विकासमा योगदान पुर्‍याउने र खेल तथा फ्यानहरूलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।

थीम र मिति:

  • एनसेलले क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमका साथ सहकार्य गरेको छ।
  • व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलको दोस्रो संस्करण यही मंसिर १ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ।
  • गत वर्षको पहिलो संस्करणमा पनि एनसेल ‘पावर्ड बाई’ साझेदार रहेको थियो।

एनसेलको उत्साह:

एनपीएलसँगको सहकार्यबारे आफ्नो उत्साह व्यक्त गर्दै, एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “हालैका टी–ट्वान्टी प्रदर्शनले सबै नेपालीलाई गौरवान्वित बनाएको छ । आज क्रिकेट राष्ट्रको सबैभन्दा ठूलो आशा मात्र नभई, हामी सबैलाई एकताबद्ध राख्ने खेल पनि हो। फ्यानहरूलाई घर, बाटो, अफिस, काम, कार्यालय, देश वा विदेश जहाँ भए पनि एनसेलको कनेक्टिभिटीमार्फत उनीहरूलाई यस संस्करणको हरेक क्षणसँग जोडिरहनेछौं।”

प्रतियोगिताको महत्त्व:

  • यो प्रतियोगिताले नेपालको प्रदेशगत आ-आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरूको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दैछ।
  • एनपीएलले एनसेलको खेलकुद र नेपालसँगको अटुट सम्बन्धलाई उजागर गर्दछ।
  • एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत लाइभ एनपीएलका खेलहरू आफू जहाँ भए पनि हेर्न सकिने सुविधा पनि प्रदान गर्नेछ।

क्यानको प्रतिक्रिया:

क्रिकेटको विकासका लागि एनसेलको निरन्तर सहकार्यलाई लिएर क्यानका सचिव पारस खड्काले खुसी व्यक्त गरे। उनले भने, “यो खेलले सबैलाई जोड्छ त्यसैले हामी उत्साहित छौं र तयारी पनि अन्तिम चरणमा पुगिसकेको छ । यस्तै सहकार्य र खेलहरुले नेपाली क्रिकेट र एनपीएललाई विश्वसामु स्थापित बनाउन ठूलो महत्व राख्दछ ।”

एनसेलले आफ्नो स्थापनाकालदेखि नै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ।