कामना सेवा फुट्सल कपको उपाधि सिद्धार्थ र लुम्बिनी बैंकलाई

कामना सेवा फुट्सल कपको उपाधि सिद्धार्थ र लुम्बिनी बैंकलाई तरुण खबर २३ कार्तिक २०८२, आईतवार १०:०५
कामना सेवा फुट्सल कपको उपाधि सिद्धार्थ र लुम्बिनी बैंकलाई

काठमाडाैं, २३ कार्तिक । कामना सेवा विकास बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कामना सेवा फुट्सल कपको पाँचौं सिजन शनिबार सम्पन्न भएको छ । यो प्रतियोगिता बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा आयोजना गर्दै आएको छ ।

प्रतियोगिताको नतिजा:

वर्ग विजेता टिम उपविजेता टिम स्कोर
पुरुष सिद्धार्थ बैंक प्राइम कमर्सियल बैंक २–०
महिला लुम्बिनी विकास बैंक (डिफेन्डिङ च्याम्पियन) ग्लोबल आइएमई बैंक १–०

पुरुषतर्फ सिद्धार्थ बैंकले प्राइम कमर्सियल बैंकलाई २–० गोलले हराउँदै उपाधि जितेको हो । त्यसैगरी, महिलातर्फ डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई १–० गोल अन्तरले पराजित गर्दै यस सिजनको उपाधिमाथि कब्जा जमायो।

सहभागीता र पुरस्कार:

  • यस प्रतियोगितामा पुरुषतर्फ कुल १७ र महिलातर्फ कुल ९ टिमको सहभागिता रहेको थियो।
  • विजेता तथा उपविजेता टिमलाई बैंकको तर्फबाट ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो।

प्रतियोगिताको समापन कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गानाले विजेता तथा उपविजेता टिमहरूलाई पुरस्कार वितरण गरेका थिए। डिसिईओ विनय दाहालले एन्फा रेफ्री अन्जना सुनुवारलाई बल हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो।

अन्य कार्यक्रम:

बैंकले आफ्नो १९औं वार्षिकोत्सवको दिन कार्तिक २७ गते बिहीबार देशव्यापी रूपमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्ने जानकारी दिएको छ।