नेपालकै प्रतिक्षित फिनपस मिनी पीओएस सार्वजनिक, भुक्तानी अब अझै सहज

नेपालकै प्रतिक्षित फिनपस मिनी पीओएस सार्वजनिक, भुक्तानी अब अझै सहज तरुण खबर २३ कार्तिक २०८२, आईतवार १०:५७
नेपालकै प्रतिक्षित फिनपस मिनी पीओएस सार्वजनिक, भुक्तानी अब अझै सहज

काठमाडाैं, २३ कार्तिक । सिटीटेक ग्रुप प्रालिले ललितपुरको हेरिटेज गार्डेनमा सम्पन्न नास (आईटी एक्स्पो २०२५ को अवसरमा नेपालकै सबैभन्दा बढी प्रतिक्षित फिनपस मिनी पीओएस (FinPos Mini POS) औपचारिक रूपमा सार्वजनिक गरेको छ।

फिनपस मिनी एउटा क्रान्तिकारी डिजिटल भुक्तानी उपकरण हो, जसले व्यापारीहरूलाई कार्ड र क्यूआर दुवै माध्यमबाट भुक्तानी सजिलै स्वीकार गर्ने सुविधा प्रदान गर्दछ।

विशेषता र क्षमता:

  • यो डिभाइसले भिसा, मास्टरकार्ड, युपीआई, र नेपालपे लगायतका कार्ड योजनाहरू लाई समर्थन गर्दछ।
  • यसका साथै, नेपालपे क्यूआर, फोनपे र स्मार्टक्यूआर जस्ता क्यूआर योजनाहरू मार्फत पनि भुक्तानी लिन सकिन्छ।
  • सानो आकार, आकर्षक डिजाइन र प्रयोग गर्न सजिलो यो उपकरणले ग्राहक तथा व्यवसायी दुवैका लागि द्रुत, सहज र विश्वसनीय भुक्तानीको अनुभव सुनिश्चित गर्छ।
  • यसको विशेष स्वरूपले डेलिभरी सेवा, यातायात व्यवसायी तथा साना-ठूला सबै प्रकारका व्यवसायीहरूका लागि डिजिटल भुक्तानीलाई अझै सुलभ बनाएको छ।

बैंकहरूसँग साझेदारी:

  • सार्वजनिक कार्यक्रमकै क्रममा ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकले लेटर अफ इन्टेन्ट (LOI) मा हस्ताक्षर गरी फिनपस मिनीलाई आफ्नो भुक्तानी प्रणालीमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे।

सिटीटेकको दृष्टिकोण:

सिटीटेकका प्रमुख कार्यकारी अधिकृत सजन शर्माले फिनपस मिनीलाई नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्‍याउने प्रतिबद्धताको प्रतीक बताए । उहाँले भन्नुभयो, “हामी देशका हरेक कुनामा रहेका व्यापारीहरूलाई सहज, सुरक्षित र सस्तो प्रविधिबाट डिजिटल भुक्तानीको अवसर दिन चाहन्छौं।”

सिटीटेकको चर्चित ब्रान्ड ‘फिनपस’ ले हाल नेपालभरका १२ वटा बैंकहरूमा एईक्यू (Acquiring) सेवा प्रदान गर्दै १०,००० भन्दा बढी व्यवसायीहरूलाई सेवा दिइरहेको छ। फिनपस मिनी को शुभारम्भले बैंकहरूका लागि अझ प्रतिस्पर्धी मूल्यमा एकीकृत र किफायती ‘अक्वायरिङ’ समाधान प्रदान गर्ने नयाँ अध्याय सुरु गरेको छ।