तरुण खबर
२७ असार २०७८, आईतवार ०९:३४
काठमाडौँ । गायक बेदु सारु मगरले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ’तिमी निष्ठुरी हौ’ सार्वजनिक गरेका छन् । सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेम वियोगको वेदना प्रस्तुत गरिएको छ । यस गीतलाई गायक मगर र दिनेश सुवेदीले सयुक्त रुपमा लेखेका हुन् । गीतमा गायक मगरको नै संगीत रहेको छ ।
दिक्षित पौडेलले गीतलाई संगीत संयोजन गरेका हुन् । प्रेम जोडी बीचको बिछोडको कथा समेटिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र रोशनी कार्की फिचर्ड छन् । भिडियोलाई पवन सुस्लिङ्गले छायांकन र सम्पादन गरेका हुन् । सिता पोख्रेल निर्मात्री रहेको यस भिडियोलाई स्वोर्निम थापाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।
गायक मगरको आधिकारिक च्यानल ’बेदु सारु मगर’ मार्फत भिडियो सार्वजनिक गरिएको छ । भोइस अफ टिनको उपाधि विजेता समेत रहेका गायक मगरले यसअघि ’डोली पियारी’, ’तिमी नै त हौ’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । नयाँ भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको सर्जकले बताएका छन् ।


