तरुण खबर
३ फाल्गुन २०७७, सोमबार ११:३४
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा (१४,फेब्रुअरी) मा ३ लाख ८ हजार १७ जनाको नमुना परीक्षण गर्दा ६४ हजार २९७ जना संक्रमित थपिएका छन् । १३, फेब्रुअरी) २६ लाख ७५ हजार ४७९ जनाको नमुना परीक्षण गर्दा ८६ हजार ४८४ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा (१४,फेब्रुअरी) मा १ हजार १११ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । १३,फेब्रुअरीमा २ हजार २७२ जनाको संक्रमणबाट मृत्यु भएको थियो ।
वर्डमिटर्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन ३ गते सोमबार बिहान ७.३० बजेसम्ममा २ करोड ८२ लाख ६१ हजार ४७० जना कोरोना भाइरसका संक्रमित पुगिसकेका छन् । कुल संक्रमितमध्ये सोमबार बिहान ७.३० बजेसम्ममा १ करोड ८२ लाख २४ हजार २८८ जनालाई मात्र कोरोनाको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन ३ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा सक्रिय संक्रमितको संख्या ९५ लाख ४० हजार ८ जना छन् ।
नेपाली समय अनुसार फागुन ३ गते सोमबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ३३ करोड ५१ लाख १३ हजार ४१८ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ३३ लाख १ हजार २६१ जनाको बढी जनसंख्याको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन ३ गते सोमबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ४ लाख ९७ हजार १७४ जनाको मृत्यु भैसकेको छ ।
फागुन ३ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० करोड ९३ लाख ८२ हजार १२९ छ । संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख ११ हजार जना छन् ।


