कोरोना संक्रमणको कारण ओलम्पिक खेल प्रभावित हुने

कोरोना संक्रमणको कारण ओलम्पिक खेल प्रभावित हुने तरुण खबर २७ असार २०७८, आईतवार ०९:३९
कोरोना संक्रमणको कारण ओलम्पिक खेल प्रभावित हुने

काठमाडौं । जापानको राजधानी टोकियोमा कोरोनाभाइरस संक्रमित बढ्दै गएको छ । हिजो शनिबार कोरोनाभाइरस संक्रमित संख्या ९५० देखिएको छ, जुन दुई महीना यताकै सबैभन्दा धेरै हो । जवकि, जापानमा हिजो शनिबार २ हजार २७७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । जबकि ग्रीष्मकालीन ओलम्पिकका लागि दुई साताभन्दा कम समय मात्र छ ।

शुक्रवार ८२२ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । ओलम्पिक आयोजक अधिकारीका अनुसार जापानले कोरोनाभाइरस विरुद्धको भ्याक्सिन कुल जनसंख्याको १६.८ प्रतिशतलाई मात्र लगाएको छ । यसर्थ जापानले ओलम्पिकको खेल हेर्ने दर्शकलाई अनुमति नदिने भएको छ । १२ करोड ६० लाख ७९ हजार ८७५ जनसंख्या रहेको जापानमा कुल संक्रमितको संख्या ८ लाख १६ हजार २४२ छन् भने कुल संक्रमितमध्ये १४ हजार ९३३ जनाको मृत्यु भएको छ ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१०, जुलाई) मा २० लाख २५ हजार ३६५ जनाको नमुना परीक्षण गर्दा ४१ हजार ४७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ९, जुलाईमा १७ लाख ९० हजार ७०८ जनाको नमुना परीक्षण गर्दा ४२ हजार ६४८ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (१०, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ८९९ जनाको निधन भएको छ । ९, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट १ हजार २०६ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असार २७ गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ८ लाख ३६ हजार २३१ जना छन् । भारतमा २ करोड ९९ लाख ६७ हजार ४७८ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ६० हजार ६ सय ८१ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (शनिबार) मा ४१ हजार ५९५ जना कोरोना मुक्त भएका छन् । असार २७ गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ८ हजार ७२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।