तरुण खबर
२७ कार्तिक २०८२, बिहीबार १२:०८
काठमाडाैं, २७ कार्तिक । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको बक्यौता रकम भुक्तानी गर्ने सिमेन्ट उद्योगको सूचीमा थप दुई उद्योग जोडिएका छन्। घोराही सिमेन्ट र कसमस सिमेन्टले लोडसेडिङको समयमा उपभोग गरेको प्रिमियम महसुलको बक्यौता बापतको पहिलो किस्ता नेपाल विद्युत प्राधिकरण (NEA) मा बुझाएका हुन्।
प्राधिकरणका अनुसार दुवै कम्पनीले बुझाएको रकम र बाँकी बक्यौताको विवरण निम्नानुसार छ:
| कम्पनी | पहिलो किस्ता भुक्तानी | बाँकी बक्यौता रकम |
| घोराही सिमेन्ट | १ करोड ८१ लाख रुपैयाँ | ५० करोड ८५ लाख रुपैयाँ |
| कसमस सिमेन्ट | ३५ लाख रुपैयाँ | ९ करोड ७७ लाख रुपैयाँ |
यी दुई कम्पनीसँगै डेडिकेटेड तथा ट्रंक लाइन महसुलको बक्यौता भुक्तानी गर्ने उद्योगहरूको सङ्ख्या १७ वटा पुगेको छ। बक्यौता भुक्तानी गर्ने उद्योगहरूमा नेपाल विद्युत प्राधिकरणले क्रमशः विद्युत आपूर्ति पुन: सुचारु गर्दै आएको छ।


