राष्ट्रिय भवन संहिता राजपत्रमा प्रकाशित, हाइड्रोपावरको भूमिगत संरचनामा पनि लागू हुने

राष्ट्रिय भवन संहिता राजपत्रमा प्रकाशित, हाइड्रोपावरको भूमिगत संरचनामा पनि लागू हुने तरुण खबर २८ कार्तिक २०८२, शुक्रबार १३:०७
राष्ट्रिय भवन संहिता राजपत्रमा प्रकाशित, हाइड्रोपावरको भूमिगत संरचनामा पनि लागू हुने

काठमाडाैं, २८ कार्तिक । देशमा भवन निर्माणलाई थप व्यवस्थित र सुरक्षित बनाउनका लागि राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ। बिहीबार राजपत्रमा प्रकाशित भएसँगै यो संहिता औपचारिक रूपमा लागू भएको हो।

शहरी विकास मन्त्रालयले यो नयाँ संहिता जलविद्युत आयोजना हरूका लागि पनि उत्तिकै महत्त्वपूर्ण हुने स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार, संहिताले बाँध (Dams), विद्युतगृह (Powerhouses) र सुरुङ (Tunnels) लगायतका भूमिगत संरचना हरूको निर्माणका लागि पनि मार्गदर्शक (Guideline) को रूपमा काम गर्नेछ।

भूकम्पीय जोखिम लगायतका विपद्हरूबाट संरचनालाई सुरक्षित राख्न र निर्माण कार्यमा एकरूपता कायम गर्न यो संहिता लागू गरिएको हो। शहरी विकास मन्त्रालयले सम्पूर्ण स्थानीय तह, इन्जिनियर हरू र आम नागरिक लाई भवन तथा संरचना निर्माण गर्दा अनिवार्य रूपमा यस संहिताका प्रावधानहरूको अक्षरशः पालना गर्न कडा निर्देशन दिएको छ।