तरुण खबर
२९ कार्तिक २०८२, शनिबार ११:१४
एनसेलले यही सोमबार (मंसिर १ गते) बाट सुरु हुन लागेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) पावर्ड बाई एनसेल’ लाई अझ रोमाञ्चक बनाउनका लागि ११ वटा ‘एनपीएल फ्यान प्याक’ ल्याएको घोषणा गरेको छ। यी आकर्षक प्याकहरू शनिबार (कार्तिक २९) बाट लागू भई मंसिर २७ सम्म सञ्चालनमा रहनेछन्, जुन NPL को दोस्रो संस्करणको अवधि हो।
NPL फ्यान प्याक अन्तर्गत, ग्राहकहरूले विभिन्न वान टाइम र रिन्यूएवल प्याकहरू खरिद गर्दा प्याकको प्रकार अनुसार विभिन्न बोनस सेवा-सुविधाहरू निःशुल्क प्राप्त गर्नेछन्। यी बोनसहरूमा २५ मिनेट वा ५० मिनेट अन-नेट कल, निःशुल्क टिकटक पहुँच, निःशुल्क यूट्युब पहुँच, ७५० एमबी डेटा वा १ जीबी डेटा समावेश छन्, जसको समयसीमा १ दिनको रहनेछ।
बोनस प्याकका केही उदाहरणहरू:
रु. ९९ अनलिमिटेड डेटा खरिदमा ग्राहकले २५ मिनेट अन-नेट कल पाउनेछन्।
सधैं अन ३९९ प्याक लिने ग्राहकलाई निःशुल्क टिकटक उपलब्ध हुनेछ।
रु. ५९९ होम एन्ड अवे प्याक खरिदमा निःशुल्क यूट्युब पहुँच प्रदान गरिनेछ।
रु. २९९ अनलिमिटेड अल नेपाल भ्वाइस प्याक खरिद गर्दा ग्राहकले १ जीबी डेटा बोनस पाउनेछन्।
बोनस सेवा सुविधाका अतिरिक्त, ग्राहकहरूलाई एनसेल एपमार्फत ‘स्पिन एन्ड विन’ प्रतियोगितामा सहभागी भई थप बोनस तथा NPL को खेलको टिकट जित्ने अवसर पनि प्राप्त हुनेछ।
‘एनपीएल फ्यान प्याकले क्रिकेटको यो महाउत्सवका बेलामा हाम्रा नेपाली क्रिकेट फ्यानहरूमा अझ बढी ऊर्जा थप्ने विश्वास राखेका छौं,’ एनसेलका चीफ कम्सुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने। ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थिमसहित एनसेल यस पटकको NPL मा सहकार्य गरेको छ।
NPL को दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंसिर १ बाट सुरु भई मंसिर २७ सम्म चल्नेछ।


