तरुण खबर
३० कार्तिक २०८२, आईतवार १०:५२
काठमाडाैं, ३० कार्तिक । डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले बिर्तामोडमा भव्य समारोहका बीच नेपालको सबैभन्दा उन्नत स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो आधिकारिक रूपमा अनावरण गर्यो। अनावरण कार्यक्रम प्रमुख अतिथि श्रीप्रसाद मैनाली, पूर्व प्रदेश सभा सदस्य , विशेष अतिथि कुमारमणि पोख्रेल, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ-कोशी प्रदेश, एलपी उप्रेती, केन्द्रीय समिति सदस्य, प्याब्सन, दिल्लीराम मैनाली, अध्यक्ष, रोटरी क्लब, विवेक सिकारिया, प्रबन्ध निर्देशक, एमएडब्ल्यू वृद्वि, एमएडब्ल्यू वृद्वि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्तले संयुक्त रूपमा सम्पन्न गरे। कार्यक्रममा व्यवसायी, ग्राहक, सञ्चारकर्मी तथा स्थानीय उद्योग-वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
इलेक्ट्रिक एसयुभीको नयाँ मानक
डोंगफेंगको अत्याधुनिक Quantum Architecture Platform मा निर्मित नामी भिगोले बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शनका साथ नेपालका मिड-साइज इलेक्ट्रिक एसयुभीको स्तरलाई नयाँ उचाइमा पुर्याएको छ। यसका Magic Cube Design ले आधुनिक र एरोडाइनामिक स्ट्रक्चरलाई संयोजन गरी नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको छ।
प्रदर्शन र दायरा
नामी भिगोमा रहेको 99 kW मोटरले शहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेशन र स्मूथ ड्राइभ प्रदान गर्छ। यसमा दुईवटा ब्याट्री विकल्प उपलब्ध छन्: 44.94 kWh (WLTP रेन्ज 300 km) र 51.87 kWh (WLTP रेन्ज 350 km)। यसले 3C Ultra-Fast DC Charging (167 kW) सपोर्ट गर्दछ जसले ब्याट्रीलाई ३०% देखि ८०% सम्म मात्र १८ मिनेटमा चार्ज गर्न सकिन्छ जसले गर्दा केही मिनेटमै ११५ किमीसम्मको रेन्ज थपिदिन्छ।
सेग्मेन्ट-फर्स्ट फिचरहरू
श्रेणीमै उत्कृष्ट प्रविधि र सुरक्षा
नामी भिगोमा Level 2 ADAS, 360° क्यामेरा, Adaptive Cruise Control, वायरलेस चार्जिंग र मल्टी-मोड स्टेयारिंग उपलब्ध छ। भित्री भागमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो-प्रेसर सीटहरू, र पानोरेमिक मोनोरुफ जस्ता सुविधाले प्रिमियम अनुभव प्रदान गर्छन्।
सुरक्षाका लागि कठोर परीक्षण गरिएको जिरो फायर/एक्स्प्लोजन टेस्ट म्याच ब्याट्री सिस्टम, ६८.४% हाइ-स्ट्रेन्थ स्टिल बडी र ६ ओटा एअरब्यागहरूको संयोजन गरिएको छ।
मूल्य र उपलब्धता
नामी भिगो E2 को मूल्य रु. ३८,९९,००० निर्धारण गरिएको छ भने E2+ भेरियन्ट रु. ४१,९९,००० मा उपलब्ध छ। विशेष प्रारम्भिक अफरअन्तर्गत, भिगो E2 रु. ३७,९९,००० मा र E2+ रु. ४०,९९,००० मा प्राप्त गर्न सकिन्छ।
एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक श्री विवेक सिकारिया भन्छन्, “नामी 01 ले देशभरि १,००० भन्दा बढी सन्तुष्ट ग्राहकहरू भएपछि भिगोले हाम्रो दृष्टिकोण थप फराकिलो बनाएको छ। यसको पावर, लक्जरी र स्मार्ट प्रविधि, आजको आधुनिक नेपाली जीवनका लागि एकदमै उपयुक्त छ।”
“बोल्ड एण्ड बिल्ट फर यू एसयुभी” नाम डिजाइन थिम बोकेको नामी भिगो नेपाली इलेक्ट्रिक मोबिलिटीको भविष्यको प्रतीक हो जहाँ स्टाइल, सुरक्षा र प्रविधि एकसाथ मिलेर अधिक स्मार्ट, अधिक आत्मविश्वासी ड्राइभको अनुभव दिन्छन्।


