तरुण खबर
१ मंसिर २०८२, सोमबार १०:२२
काठमाडाैं, १ मंसिर । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि गत आर्थिक वर्षको मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई कूल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
लाभांशको संरचना:
बोनस शेयर: १० प्रतिशत
नगद लाभांश: ०.५३ प्रतिशत (कर प्रयोजनका लागि)
बैंकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै वितरण हुनेछ ।
केही जान्नै पर्ने कुराहरू:
बैंकले नगद लाभांश कर प्रयोजनका लागि मात्रै छुट्याएको हुनाले शेयरधनीहरूको हातमा कूल १० प्रतिशत बोनस शेयर पर्नेछ ।
लाभांश वितरणको अन्तिम मिति र बुक क्लोजको मिति बैंकले साधारण सभा आह्वान गरेपछि सार्वजनिक गर्नेछ ।


