तरुण खबर
१ मंसिर २०८२, सोमबार ११:२५
काठमाडाैं, १ मंसिर । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ को इकाईहरू आज (मंसिर १ गते) देखि निरन्तर खरिद बिक्री गर्न सकिने भएको छ । यस योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
योजनाको विवरण:
योजनाको प्रकृति: खुलामुखी (Open-ended)
निष्काशन अवधि: यस योजनाको इकाईहरू २०८२ असार १३ गते देखि असार २७ गतेसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
माग: निष्काशन अवधिभित्रै आवश्यकभन्दा २५ प्रतिशत बढी आवेदन परेको थियो ।
खरिद-बिक्री सम्बन्धी जानकारी:
क्यापिटलका अनुसार, लगानीकर्ताहरूले सिटिजन्स सदाबहार योजनाको इकाईहरू निम्न समय तालिकामा खरिद बिक्री गर्न सक्नेछन्:
सेवा केन्द्र: सिटिजन्स क्यापिटलको डिल्लीबजारस्थित कार्यालय ।
समय: आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म ।
बिदा: शनिबार तथा सार्वजनिक विदाका दिनमा भने योजनासम्बन्धी सेवा बन्द रहनेछ ।
खुलामुखी योजना भएकाले लगानीकर्ताहरूले आवश्यकता अनुसार योजना व्यवस्थापकसँग सहजै इकाई खरिद र बिक्री गर्न सक्नेछन् ।


