कामना सेवा विकास बैंकका ग्राहकलाई विशेष छुट: होटल सब्रिनामा १०% को सुविधा

कामना सेवा विकास बैंकका ग्राहकलाई विशेष छुट: होटल सब्रिनामा १०% को सुविधा तरुण खबर १ मंसिर २०८२, सोमबार ११:३०
कामना सेवा विकास बैंकका ग्राहकलाई विशेष छुट: होटल सब्रिनामा १०% को सुविधा

काठमाडाैं, १ मंसिर । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारी तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै काठमाडौं, बूढानीलकण्ठस्थित होटल सब्रिना सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यो सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापा ले हस्ताक्षर गर्नुभएको छ ।

छुटको सुविधा:

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकहरूले होटल सब्रिनामा निम्न सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्:

  • अकोमोडेसन (Accommodation)

  • फुड (Food)

  • बेभरेज (Beverage)

बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाण (जस्तै: डेबिट कार्ड वा अन्य कागजात) देखाएमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । बैंकले यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने विश्वास व्यक्त गरेको छ ।