माछापुच्छ्रे बैंकमा जागिरको अवसर: बिजनेस इन्टेलिजेन्स अफिसरका लागि आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे बैंकमा जागिरको अवसर: बिजनेस इन्टेलिजेन्स अफिसरका लागि आवेदन दिने आज अन्तिम दिन तरुण खबर ३ मंसिर २०८२, बुधबार ११:५३
माछापुच्छ्रे बैंकमा जागिरको अवसर: बिजनेस इन्टेलिजेन्स अफिसरका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, ३ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडले मागेको कर्मचारीका लागि दरखास्त पेश गर्ने आज (मंसिर ३ गते) अन्तिम दिन रहेको छ। बैंकले बिजनेश इन्टेलिजेन्स अफिसर पदका लागि कर्मचारी माग गरेको हो। यो पद जुनियर अफिसरदेखि सिनियर अफिसर स्तरसम्मका लागि खुला गरिएको छ।

सो पदमा आवेदन दिन इच्छुक योग्य उम्मेदवारहरूले आज, मंसिर ३ गतेभित्र अनिवार्य रूपमा आफ्नो आवेदन पेश गर्नुपर्नेछ। समयसीमा नजिकिँदै गर्दा, इच्छुक आवेदकहरूलाई छिटोभन्दा छिटो आवेदन प्रक्रिया पूरा गर्न बैंकले आग्रह गरेको छ।