सुनको मूल्यमा निरन्तर वृद्धि, तोलाको २ लाख ४३ हजार ३००

सुनको मूल्यमा निरन्तर वृद्धि, तोलाको २ लाख ४३ हजार ३०० तरुण खबर ५ मंसिर २०८२, शुक्रबार १०:५८
सुनको मूल्यमा निरन्तर वृद्धि, तोलाको २ लाख ४३ हजार ३००

काठमाडाैं, ५ मंसिर । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि हुने क्रम जारी रहेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला ३०० रूपैयाँले बढेर २ लाख ४३ हजार ३०० रुपैयाँ निर्धारण भएको छ।

  • बिहीबार, सुनको मूल्य प्रति तोला ७०० रूपैयाँले बढेर २ लाख ४३ हजार रूपैयाँमा कारोबार भएको थियो।

  • शुक्रबारको मूल्यवृद्धिले लगातार दोस्रो दिन पनि सुनको भाउ महँगिएको छ।

यता, चाँदीको मूल्य भने आज स्थिर रहेको छ। चाँदी आज बिहीबारकै मूल्य प्रति तोला ३ हजार १८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।