सीइडीबी होल्डिङ लिमिटेडमा नेतृत्व परिवर्तन: देवीमाया न्यौपाने अध्यक्ष नियुक्त

सीइडीबी होल्डिङ लिमिटेडमा नेतृत्व परिवर्तन: देवीमाया न्यौपाने अध्यक्ष नियुक्त तरुण खबर ७ मंसिर २०८२, आईतवार ११:३०
सीइडीबी होल्डिङ लिमिटेडमा नेतृत्व परिवर्तन: देवीमाया न्यौपाने अध्यक्ष नियुक्त

काठमाडाैं, ७ मंसिर । सीइडीबी होल्डिङ लिमिटेडको नेतृत्वमा परिवर्तन भएको छ। कम्पनीका अध्यक्ष अनिल कुमार रुङ्ग्टाले आफ्नो पदबाट राजीनामा दिएका छन् भने उनको ठाउँमा देवीमाया न्यौपाने लाई नयाँ अध्यक्षको रूपमा नियुक्त गरिएको छ।

कम्पनीका अनुसार, निवर्तमान अध्यक्ष अनिल कुमार रुङ्ग्टाले कार्य व्यस्तताका कारण आफ्नो पदबाट राजीनामा दिएका हुन्।

मुख्य विवरणहरू:

  • पदबाट राजिनामा: अनिल कुमार रुङ्ग्टा

  • कारण: कार्य व्यस्तता

  • राजीनामा स्वीकृत: मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गरेको।

  • नयाँ अध्यक्ष: देवीमाया न्यौपाने

कम्पनीले न्यौपानेलाई नयाँ अध्यक्षको रूपमा नियुक्त गरेसँगै सीइडीबी होल्डिङ लिमिटेडको सञ्चालक समितिले नयाँ नेतृत्व पाएको छ।