श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालकमा कल्याण अधिकारी नियुक्त

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालकमा कल्याण अधिकारी नियुक्त तरुण खबर ८ मंसिर २०८२, सोमबार १२:१४
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालकमा कल्याण अधिकारी नियुक्त

काठमाडाैं, ८ मंसिर । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडमा कल्याण अधिकारी नयाँ संचालकका रूपमा नियुक्त भएका छन्। उनी कम्पनीका संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै संचालक समितिमा प्रवेश गरेका हुन्।

कम्पनीका अनुसार मंसिर ७ गते आइतबार बसेको संचालक समितिको बैठकले अधिकारीलाई औपचारिक रूपमा संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो। संस्थापक पक्षको प्रतिनिधित्व सुदृढ बनाउने उद्देश्यसहित अधिकारीलाई समितिमा समावेश गरिएको बताइएको छ।

नियुक्तिसँगै उनले कम्पनीको नीति निर्माण, व्यवस्थापन अनुगमन तथा रणनीतिगत निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।