तरुण खबर
८ मंसिर २०८२, सोमबार १३:११
काठमाडाैं, ८ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने क्रममा नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा ल्याएको छ। बैंकको कर्पोरेट कार्यालयमा आज (मंसिर ८ गते) आयोजित एक कार्यक्रमका माझ बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त बचत खाताको प्रारम्भ गर्नुभएको हो।
बैंकले यो खाता युवाहरू विशेषगरी विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायको जीवनशैली र वित्तीय आवश्यकताहरूलाई सम्बोधन गर्ने विश्वास लिएको छ।
‘जेन–जी सेभिङ्ग अकाउन्ट’का मुख्य विशेषताहरू:
| सुविधा | विवरण |
| न्यूनतम मौज्दात | रु १०० मा खाता सञ्चालन गर्न सकिने। |
| ब्याजदर | वार्षिक 3.02 % ब्याजदर प्रदान गरिने। |
| पहिलो वर्ष निःशुल्क सेवा | चेकबुक, डिम्याट खाता, सी-आश्वा कमिशन र सी-आश्वा रेजिष्ट्रेशन। |
| डिजिटल बन्डल्ड प्याकेज | एटीएम कार्ड, मोबाइल बैंकिङ, ई-कम कार्ड र इन्टरनेट बैंकिङ चारै सेवा एकैपटक लिँदा मात्र रु ५०० मा उपलब्ध। |
| अन्य डिजिटल लाभ | ट्राभल कार्ड इश्यू चार्जमा 50% छुट र पहिलो मोबाइल टप-अपमा 25% नगद फिर्ता। |
| विशेष सुविधा | मोबाइल बैंकिङमा समर्पित ‘जेन–जी ड्यासबोर्ड’ मार्फत व्यक्तिगत डिजिटल अनुभव। |
यो बन्डल्ड सुविधाले युवा ग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल सुविधाको पहुँच प्रदान गर्ने बैंकको विश्वास छ।
बैंकका पछिल्ला अन्य नवप्रवर्तनहरू:
‘बैंक अफ द ईयर २०२४’ को उपाधि विजेता सिटिजन्स बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ।
फ्रीलान्सरहरूलाई लक्षित गरी ‘फ्रिलान्सर सेविङ््ज अकाउन्ट’ सञ्चालन।
नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन (IPO) र सी.आर.एन नम्बर सेवा लिन सकिने सुविधा।
क्रस बैंक टेलर सुविधा अन्तर्गत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था।
सिटिजन्स बैंकले हाल देशैभरी ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६९ वटा ए.टि.एम. लगायतका इकाइहरुबाट १९ लाख ५४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।


