तरुण खबर
१ श्रावण २०७८, शुक्रबार १०:५९
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) महानिर्देशक टेड्रोस अदहानोम गेब्रेयेससले कोरोनाभाइरस प्रयोगशालाबाट लिक भएको हुन सक्ने बताएका छन् तर लिक हुने अत्यन्त कम सम्भावना छ । उनले भनेका छन्– म आपैंm ल्याब टेक्निशियन हुँ, म इम्युनोलोजिष्ट हुँ । मैले प्रयोगशालामा काम गरेको थिएँ ।
उनले भनेका छन्– वैज्ञानिकद्वारा कोरोनाभाइरसको स्रोत पता लगाउँन चीनले सहयोग गर्नु पर्ने बताएका छन् । डब्ल्यूएचओ महानिर्देशक टेड्रोसले भनेका छन्– संसारभर पैmलिएको कोरोनाभाइरसको संक्रमण चीनको वुहान शहर पहिलो पटक मानिसमा देखिएको थियो, जसको संक्रमणबाट ४० लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१५, जुलाई) मा २० लाख ३८ हजार ३१९ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।
१४, जुलाईमा १९ लाख १५ हजार ५०१ जनाको नमुना परीक्षण गर्दा ४१ हजार ८५४ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (१५, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ५४४ जनाको निधन भएको छ । १४, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ५८० जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार साउन १ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १० लाख २५ हजार ८७५ जना छन् । २०७८, साउन १ गतेसम्ममा भारतले ४३ करोड ८० लाख ११ हजार ९५८ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, साउन १ गतेसम्ममा भारतमा ३ करोड १ लाख ७६ हजार ३०६ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।
भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ३७ हजार ६ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (बिहीबार) मा ३९ हजार ८२३ जना कोरोना मुक्त भएका छन् । साउन १ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख १२ हजार ५६३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


