तरुण खबर
११ मंसिर २०८२, बिहीबार १२:१०
काठमाडाैं, ११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र छविलाल जोशीविरुद्धको सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराधको मुद्दाको सुनुवाइ आज (बिहीबार) पनि स्थगित भएको छ।
कानुन व्यवसायीको निवेदनले सर्याे सुनुवाइ
न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको ३ नं इजलासमा सुनुवाइका लागि तोकिएको उक्त मुद्दा लामिछानेका कानुन व्यवसायीले सुनुवाइ स्थगित गरिपाउँ भनी निवेदन दिएपछि स्थगित भएको हो। रास्वपा सभापति लामिछानेले बिगोबमोजिमको रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै जिल्ला अदालतको आदेशमा चित्त नबुझाई उच्च अदालतमा निवेदन दिएका थिए।
यसअघि, गत बिहीबार पनि पाटन उच्च अदालतमा पेशी परेकाले लामिछानेका कानुन व्यवसायीका तर्फबाट बुटवल इजलासको सुनुवाइ स्थगित गर्न निवेदन परेपछि सुनुवाइ सरेको थियो। यसरी यो मुद्दा लगातार स्थगित भएको छ


