तरुण खबर
१२ मंसिर २०८२, शुक्रबार १२:४०
काठमाडाैं, १२ मंसिर । कामना सेवा विकास बैंकले मोरङ, बिराटनगरस्थित पारस अस्पतालसँग सेवा शुल्कमा विशेष छुट सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धता प्रमाण पेश गरेपछि यो सुविधा सहजै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। बैंकले यस सम्झौताले आफ्ना सम्पूर्ण ग्राहक र कर्मचारीहरूलाई विशेष लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।
छुट सम्बन्धी सम्झौतामा बैंकतर्फ कोशी प्रदेश प्रमुख खिम लाल भुसाल र पारस अस्पतालतर्फ अध्यक्ष सफिउर रहमानले हस्ताक्षर गरेका छन्। यो कदम बैंक र स्वास्थ्य सेवा क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउने र ग्राहक–सुविधामा थप सुविधा थप्ने दृष्टिकोणबाट महत्त्वपूर्ण रहेको बैंकले जनाएको छ।


