तरुण खबर
१४ मंसिर २०८२, आईतवार ११:२६
काठमाडाैं, १४ मंसिर । साताको पहिलो दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ। शुक्रबार एकैदिन २,२०० रुपैयाँले महँगिएको सुन आज फेरि १,६०० रुपैयाँले बढेपछि बजारमा सुनको दर नयाँ उचाइमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँ मा कारोबार भएको थियो। पछिल्ला दुई व्यापारिक दिनमै सुन ३,८०० रुपैयाँले महँगिएको छ।
चाँदीको मूल्य पनि उकासियो
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।
शुक्रबार प्रतितोला ३,३४५ रुपैयाँ रहेको चाँदी
आइतबार १४५ रुपैयाँ बढेर ३,४९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।


