तरुण खबर
१४ मंसिर २०८२, आईतवार ११:३०
काठमाडाैं, १४ मंसिर । वित्तीय प्रणालीमा देखिएको बढी तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि एकपटक ठूलो परिमाणको निक्षेप संकलन प्रक्रिया अघि सारेको छ। केन्द्रीय बैंकले ३५ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप तान्ने घोषणा गरेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरण मार्फत मंसिर १४ गते अनलाइन बिडिङ सिस्टम मार्फत दिउँसो २ बजे बोलकबोल हुनेछ, जसको खरिद प्रक्रिया आजैबाट सुरु गरिएको छ।
कसरी सहभागी हुन पाइन्छ?
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले—
न्यूनतम १० करोड रुपैयाँ
अधिकतम पाँच करोड़ले भाग जाँदा निःशेष हुने गरी
—कुल आह्वान रकमभित्र आवेदन दिन सक्नेछन्।
परिपक्वता (सावाँ–ब्याज भुक्तानी) पुस २० गते हुने तय गरिएको छ।
क, ख, ग वर्गका संस्थामात्र सहभागी
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा प्रतिस्पर्धात्मक रूपमा हुनेछ। राष्ट्र बैंकका अनुसार आवश्यक परे बहुबोलकबोल पनि गर्न सकिने छ। यसमा ‘क’, ‘ख’ तथा ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।


