राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई पाँच बुँदे प्रस्ताव पेश

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई पाँच बुँदे प्रस्ताव पेश तरुण खबर १४ मंसिर २०८२, आईतवार ११:५५
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई पाँच बुँदे प्रस्ताव पेश

काठमाडाैं, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (आरपीपी) ले प्रधानमन्त्री सुषिला कार्कीलाई पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ। शनिबार प्रधानमन्त्रीसँग भेट गरेर आरपीपीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका मागहरू पेश गरेका हुन्।

पार्टीका अनुसार, आगामी प्रतिनिधि सभाको निर्वाचनअघि मुलुकले भोगिरहेका चुनौतीको दिगो समाधान आवश्यक छ। यसका लागि आरपीपीले सर्वपक्षीय सम्मेलनको आयोजना गरी जेन–जेड (Gen-Z) को सहभागिता सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।

त्यसैगरी, आरपीपीले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गरी निर्वाचन प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ। पार्टीले जेन–जेड आन्दोलनमा भाग लिन पुगेका व्यक्तिहरूको गिरफ्तारी र मुद्दा दर्ता गर्ने कार्य तुरुन्त रोक्न पनि माग गरेको छ।

साथै, शहीद परिवार र घाइतेहरूको माग पूरा गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ। आरपीपीले प्रस्तुत गरेको ज्ञापनपत्रले आगामी निर्वाचन र सामाजिक न्यायका विषयमा सरकारसँग समन्वय र सहयोगको आग्रह गरेको छ।